२८ असार २०८३, आइतबार

२ सय ९७ यात्रु बोकेर अस्ट्रेलियाबाट उडेको विमानमा प्वाल परेपछि ...

कात्तिक २०, २०७४
२ सय ९७ यात्रु बोकेर अस्ट्रेलियाबाट उडेको विमानमा प्वाल परेपछि ...
काठमाडौं, जेठ २९ । २ सय ९७ यात्रु लिएर उडेको चाइना इस्टर्न एयरलाइन्सको एउटा विमान दुर्घटनाबाट जोगिएको छ ।

अस्ट्रेलियाको सिडनीबाट सांघाइका लागि उडेको सो विमानको इन्जिनमा प्वाल परेको हो । उडान भरेको एक घण्टामा पाइलटले विमानको इन्जिनमा खराबी पत्ता लगाएका थिए ।

इन्जिनमा प्वाल देखिएपछि पाइलटले विमानलाई सिडनीतर्फ फर्काएर अवतरण गराएका थिए । अस्ट्रेलियाको सामाजिक सञ्जालमा विमानको इन्जिनमा प्वाल परेको तस्वीर भाइरल भएको छ ।

इन्जिनमा प्वाल परेको भए पनि एयर बस ३३० विमानलाई विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो । विमानमा सवार सबै यात्रु सकुशल रहेको बताइएको छ ।

विमानका एक यात्रीले अस्ट्रेलियाली टेलिभिजन च्यानल ‘नाइन न्यूज’ सँग कुरा गर्दै भने, ‘अचानक हामीले आवाज सुन्यौं, केही जलिरहेको जस्तो लाग्यो, म लगायत सबै यात्री धेरै डराएका थियौं ।’

चाइना इस्टर्न एयरलाइन्सका प्रवक्तालाई उद्धृत गर्दै सो टेलिभिजनले भनेको छ, ‘विमानका चालक दलले बायाँ इन्जिनतिर केही गडबडीको आशंका गर्यो , उनीहरुले तुरुन्त सिडनी विमानस्थलमा फर्कने निर्णय लिए ।’

इन्जिनमा कसरी प्वाल पर्यो भन्ने प्रष्ट भइसकेको छैन । यसबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्