३० जेठ २०८३, शनिबार

तुइनबाट खसेर बेपत्ता जयसिंह धामीका परिवारलाई आर्थिक सहयोग

साउन २३, २०७८
तुइनबाट खसेर बेपत्ता जयसिंह धामीका परिवारलाई आर्थिक सहयोग
प्रतिकात्मक तस्वीर

घरमा एक छाक टार्नै धौधौ रहेका राजन्ती धामीको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

घरमा कमाउने पति जयसिंह बेपत्ता भएपछि घरमा चुल्हो बल्ने अवस्था नहुँदा भेट्न पुग्ने व्यक्तिले आर्थिक सहयोग गरेका हुन् । 

शुक्रवारसम्म विभिन्न निकाय र व्यक्तिबाट ४१ हजार आर्थिक सहयोग जुटेको छ । बेपत्ता जयसिंहका भाइ नरेन्द्रसिंहका अनुसार छानबिन समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले पीडित परिवारलाई भेटेर १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

व्यास गाउँपालिकाले २५ हजार, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सचिव भरत मल्लले ५ हजार तथा सशस्त्र प्रहरीका नरेन्द्र बडालले १ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

बेपत्ता जयसिंहका १ छोरा, १ छोरी र पत्नी छन् । ‘छोराछोरी सानै छन्, विदेश जाँदा लागेको ऋण तिर्नुपर्ने एकातिर छ, अर्कोतिर बुवाको जमिनले १ महिना पनि खान पुग्दैन,’ हरकसिंहले भने ।

वैदेशिक रोजगारी खोज्न काठमाडौं जाने क्रममा जयसिंह तुइन तर्दा बेपत्ता भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्