२३ असार २०८३, मंगलबार

कोरोना महामारीको तेस्रो लहरको संकेत देखियो, सतर्कता अपनाऔं : प्रधानमन्त्री देउवा

कोरोना महामारीको तेस्रो लहरको संकेत देखियो, सतर्कता अपनाऔं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना महामारीको तेस्रो लहर शुरू हुने संकेत देखिएकाले सतर्क रहन अनुरोध गरेका छन् ।

आज एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै शुरू हुने संकेत देखिन थालेका छन् । सरकारको एक्लो प्रयासले मात्रै कोरोना महामारीसँग लड्न सम्भव छैन । सबै मिलेर मात्रै महामारीलाई तह लगाउन सकिन्छ ।’ 

अत्यन्त आवश्यक परेको अवस्थामा मात्रै घर बाहिर निस्कन, मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम गर्न प्रधानमन्त्री देउवाले भनेका छन् । 

महामारी नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी अस्त्र भनेकै खोप रहेको र अहिले विभिन्न उमेर समूहलाई खोप लगाउने कार्यक्रम जारी रहेको भन्दै खोप लगाउन जाँदा पनि सामाजिक दूरी कायम गरी लाइन बस्न प्रधानमन्त्रीले आग्रह गरेका छन् । 

सबै राजनीतिक दल, गैरसरकारी संस्था र  निजी क्षेत्रलाई पनि भीडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्ड अपनाएर मात्रै पेशा व्यवसाय र अन्य गतिविधि सञ्चालन गर्न प्रधानमन्त्री देउवाले आह्वान गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्