२३ जेठ २०८३, शनिबार

एक वर्षमा डाइपर मात्रै एक अर्ब ६५ करोडको आयात

साउन २३, २०७८
एक वर्षमा डाइपर मात्रै एक अर्ब ६५ करोडको आयात

नेपालले आर्थिक वर्ष २०७७/०७८ मा  विभिन्न १५ मुलुकबाट एक अर्ब ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ । 

विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी, ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नका लागि डाइपरको प्रयोग गर्दछन् । 

भन्सार विभागले प्रकाशन गरेको सो आर्थिक वर्षको प्रतिवेदनमा करीब १० करोड ५५ लाख थान डाइपर आयात भएको उल्लेख छ । 

सोही आवमा नेपालले सबैभन्दा धेरै भारतबाट एक अर्ब ५० करोड अर्थात्  करीब १० करोड  थान डाइपर आयात गरेको थियो । 

यसपछि भियतनामबाट ५० लाख रूपैयाँको पाँच लाख २० हजार थान तथा पाकिस्तानबाट ३१ लाख रूपैयाँको करीब १५ हजार थान आयात भएका प्रतिवेदनमा जनाइएको छ । अन्य विभिन्न मुलुकबाट पनि नेपालले डाइपर आयात गर्ने गर्छ । 

salt training

कमेन्ट गर्नुहोस्