१४ असार २०८३, आइतबार

‘हर्के राजा’ बन्दै विराज भट्ट

कात्तिक २०, २०७४
‘हर्के राजा’ बन्दै विराज भट्ट
काठमाडौं, २९ जेठ – कुनै बेला नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका नायक विराज भट्ट आजभोलि भने भोजपुरी चलचित्रमा अभिनय गर्न व्यस्त छन् । गत वर्ष रिलिज भएको चलचित्र ‘जय परशुराम’ ले आशालाग्दो व्यापार गर्न नसकेपछि अन्य नेपाली चलचित्रमा नदेखिएका नायक भट्ट अब भने चलचित्र ‘हर्के राजा’ मार्फत नेपाली चलचित्र क्षेत्रमा पुनरागमन गर्न लागेका हुन् ।

अहिले स्क्रिप्टको काम भइरहेको उक्त चलचित्रमा दीपक घिमिरे र पत्रकार सन्दीप सापकोटाले अभिनय गर्ने पक्का भएको छ । पूर्वतयारी गर्न बाँकी रहेपनि चलचित्रलाई ‘हर्के राजा’ साउनबाट फ्लोरमा जाने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्