
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कोरोनाभाइरसको जस्तै प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्ने भन्दै सचेत रहनुपर्नेमा जोड दिएका छन् । पूर्वप्रधानमन्त्री केपी ओलीको पालामा प्रतिनिधिसभा विघटनलगायतका प्रतिगामी कदमहरु भएको जिकिर गर्दै आएका डा भट्टराईले शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि त्यस्तो कार्य गर्न सक्ने भन्दै सचेत गराएका हुन् ।
‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है ’, भट्टराईले ट्वीटरमा भनेका छन्, ‘पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ ।’
उनले ओलीले संविधानको सशरीर हत्या गर्ने प्रयास गरेको दावी गर्दै देउवाबाट चाहिँ संविधानको आत्मा मार्नेगरी आउनसक्ने चेतावनी दिँदै ढुक्क भएर आ–आाफ्ना पार्टी वा गुटतिर नफर्की निरन्तर खबरदारी जरुरी भएको उल्लेख गरेका छन् ।