२४ जेठ २०८३, आइतबार

महाधिवेशन अनिश्चित भएपछि शशांकको निवासमा पौडेल पक्षका केन्द्रीय सदस्यको बैठक बस्दै

महाधिवेशन अनिश्चित भएपछि शशांकको निवासमा पौडेल पक्षका केन्द्रीय सदस्यको बैठक बस्दै

पार्टी महाधिवेशन अन्योलमा परेपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर केन्द्रीय सदस्यहरूको बैठक बस्दैछ । 

महामन्त्री शशांक कोइरालाको निवासमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । 

भदौ १६ देखि तय भएको अधिवेशन अनिश्चित भएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको एक नेताले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार भोलि साउन २६ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि स्थगित हुने सम्भावना छ । 

पटक–पटक सर्दै आएको महाधिवेशन टार्न खोजिएको भन्दै रामचन्द्र पौडेल पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आक्रोशित बनेका छन् । 

‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर ६ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पुर्‍याइएको छ,’ पौडेलले सोमवार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरवाही अरू के हुन्छ ? यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता समाल्न पुग्छन ।’

salt training

कमेन्ट गर्नुहोस्