०३ असार २०८३, बुधबार

यसरी खिच्नुहोस् मोबाइलबाट राम्रो फोटो

साउन २५, २०७८
यसरी खिच्नुहोस् मोबाइलबाट राम्रो फोटो
तस्वीरः फोटोब्लगबाट ।

अचेल मानिसहरू डीएसएलआर क्यामराभन्दा स्मार्टफोनबाट फोटो खिच्न मन पराउँछन् । किनकि मोबाइलबाट फोटो खिच्न सजिलो हुन्छ र अहिले स्मार्टफोनमा गुणस्तरीय क्यामराहरू राख्न थालिएको छ । 

यद्यपि कतिपय अवस्थामा प्रयोगकर्ताहरूले फोटो खिच्ने बेला केही कुराहरूमा दिँदैनन्, जसकारण फोटो नराम्रो आउँछ । यस्तोमा प्रश्न उठ्न सक्छ कि फोटो खिच्ने बेला के–के कुरामा ध्यान दिने त ? यहाँ केही टिप्सहरू छन्, जसले तपाईंलाई फोटो खिच्ने बेला मद्दत गर्नेछ । 

जुमको प्रयोग कम गर्नुहोस्

धेरै व्यक्तिहरूले फोटो खिच्ने बेला जुमको प्रयोग गर्छन् । तर, यस्तो गर्नुहुँदैन । किनकि धेरै जुम गरियो भने फोटोको पिक्सेल फाट्छ, जसकारण फोटो राम्रो आउँदैन । 

यसका लागि तपाईंले जुमविना नै फोटो खिच्ने कोसिस गर्नुहोस् । जति सकिन्छ उति अब्जेक्टको नजिक जानुहोस् । साथै आफ्नो हातलाई कुहिनासँग जोडेर राख्नुहोस्, ताकि हात नहल्लियोस् । यस्तो गरियो भने तपाईंले राम्रो फोटो खिच्न सक्नुहुन्छ । 

ग्रिडलाइनको उपयोग गर्नुहोस् 

राम्रो फोटो खिच्नका लागि तपाईं ग्रिडलाइनको प्रयोग गर्न सक्नुहुन्छ । ग्रिड लाइनको मद्दतले तपाईं सहजै अब्जेक्टमा फोकस गर्न सक्नुहुन्छ र शानदार तस्वीर खिच्न सक्नुहुन्छ ।

पोर्ट्रेट मोडको गर्नुहोस् प्रयोग

तपाईं शानदार ‘ब्लर्ड ब्याकग्राउण्ड’ चाहनुहुन्छ भने तपाईंले पोर्ट्रेट मोडको प्रयोग गर्नुपर्छ । 

सामान्यतया शानदार ‘ब्लर्ड ब्याकग्राउण्ड’ फोटोहरू डीएसएलआरबाट सम्भव हुन्छ । तर, अहिले मोबाइल फोनबाट पनि सम्भव हुन्छ । 

तपाईंको मोबाइलमा पोर्ट्रेट मोड छ भने यसबाट तपाईंले ब्लर्ड ब्याकग्राउण्ड फोटो खिच्न सक्नुहुन्छ । 

पोर्ट्रेट मोड धेरैजसो क्यामरामा बिल्ड–इन क्यामरा मोडमा उपलब्ध हुन्छ । पोर्ट्रेट मोड स्क्रिनको तल्लो भागमा हुन्छ । यस्तोमा फोटो खिच्न ६ देखि ८ फिटको दूरीबाट फोटो खिच्नुपर्छ ।  

प्रकाशलाई ध्यान दिनुस् 

स्मार्टफोनमा फोटो खिच्ने बेला प्रकाशको ख्याल गर्नु एकदमै जरुरी हुन्छ । थोरै उज्यालोमा राम्रो फोटो आउँदैन । राम्रो फोटोका लागि जुन दिशाबाट प्रकाश आइरहेको छ, त्यो दिशामा तपाईंको ढाड पार्नुहोस् । साथै यो पनि ख्याल गर्नुहोस् कि अब्जेक्टमा प्रकाश परेको छ कि छैन । 

फ्लास लाइटको प्रयोग कम गर्नुहोस् 

अचेल सबै स्मार्टफोनमा फ्लास लाइट हुन्छ । तर, यो जरुरी छैन कि हरेक पटक फोटो खिच्दा यसको प्रयोग गर्नुहोस् । 

राम्रो लाइटमा पनि शानदार फोटो क्लिक गर्न सकिन्छ । 

एकदमै जरुरी भएको बेला मात्रै फ्लास लाइटको प्रयोग गर्नुहोस् । पर्याप्त प्रकाशमा फ्लास लाइटको प्रयोगले फोटो नराम्रो देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्