२२ जेठ २०८३, शुक्रबार

काठमाडौंमा पौडेल पक्षका जिल्ला सभापतिहरूको भेला

काठमाडौंमा पौडेल पक्षका जिल्ला सभापतिहरूको भेला

सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरूको भेला काठमाडौंमा शुरू भएको छ । 

पार्टीको महाधिवेशन र मन्त्रिपरिषद् विस्तारको कामले गति लिन नसकेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टीका संस्थापन पक्ष इतर जिल्ला सभापतिहरूको भेला शुरू भएको हो । 

सोमवार काठमाडौंको ठमेलस्थित एक होटलमा जारी भेलामा ३५ जना भौतिक रुपमा र ११ जना भर्चुअल गरी ४७ जना जिल्ला सभापतिहरू सहभागी छन् । दुई दिनसम्म चल्ने भेलाले लिएको निष्कर्ष पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरूलाई बुझाउने तयारी गरिएको छ ।

कांग्रेसको आसन्न १४ औं महाधिवेशनको मिति सर्ने अवस्था भएपछि समयमै महाधिवेशन सम्पन्न गर्न नसकेको भन्दै सभापति देउवाविरुद्ध वरिष्ठ नेता पौडेल पक्ष आक्रोशित भएको छ । 

त्यसैगरी सरकारलाई पूर्णता दिने विषयमा पनि प्रधानमन्त्री देउवाले आवश्यक छलफल नगरेको पौडेल पक्षको आरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्