२५ जेठ २०८३, सोमबार
जसपाको नयाँ विवरण निर्वाचन आयोगद्वारा अध्यावधिक

जसपा अध्यक्षबाट महन्थ ठाकुर 'आउट', १६ जनाको केन्द्रीय सदस्य पद पनि खोसियो

जसपा अध्यक्षबाट महन्थ ठाकुर 'आउट', १६ जनाको केन्द्रीय सदस्य पद पनि खोसियो

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गरेको छ ।

यससँगै जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ बाट झरेर ३५ सदस्यीय बनेको छ भने अध्यक्षमा उपेन्द्र यादव मात्र कायम भएको निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

आयोगले आफ्नो पक्षलाई आधिकारिकता दिएपछि उपेन्द्रले नयाँ विवरण अध्यावधिक गर्नका लागि बैठकको माइन्युटसहितका कागजात आयोगमा पेश गरेका थिए ।

आयोगले विवरण अध्यावधिक गरेसँगै महन्थ ठाकुर अध्यक्ष मात्र होइन केन्द्रीय कार्यकारिणी समिति सदस्य पदबाट समेत पदमुक्त भएका छन् ।

यद्यपि पार्टीले दल त्यागसम्बन्धी कारवाही नगर्दासम्म सांसद पद भने कायमै रहने देखिएको छ ।

अहिले केन्द्रीय कार्यकारिणी समिति अध्यावधिक गरिएको र यसैका आधारमा सांसद पद भने नजाने सचिव अधिकारीले बताए ।

पार्टीले कारवाही नगर्दासम्म उनीहरू पार्टीको साधारण सदस्यका रूपमा कायम रहने छन् ।

अध्यक्ष पद खोसिँदै गर्दा महन्थ ठाकुर जसपा अध्यक्षकै हैसियतमा जिल्ला दौडाहामा छन् ।  उनले तराईका विभिन्न जिल्लामा पुगेर कार्यकर्ता भेटघाट गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्