
नेपाली कांग्रेसका नेता गगन थापाले कक्षा १२ को परीक्षा स्थगित भए पनि अन्य परीक्षा सञ्चालन गर्नुको आधार के हो भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् उनले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य मन्त्रालयलको धारणा माग गरेका हुन् ।
‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर, अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ?,’ उनले लेखेका छन्, ‘कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्यो ।’