०९ असार २०८३, मंगलबार

एमालेको पार्टी संरचना फेर्ने प्रस्ताव, जिल्ला कमिटी नै नरहने !

एमालेको पार्टी संरचना फेर्ने प्रस्ताव, जिल्ला कमिटी नै नरहने !
एमालेको केन्द्रीय कमिटी बैठक ।

नेकपा एमालेले पार्टी संरचना फेर्ने भएको छ । 

तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ । 

प्रस्तावअनुसार अब २२५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । जसमा ७७ जिल्लाबाटै प्रतिनिधित्व हुनेछ । साथै थप ३३ प्रतिशत महिलाको पनि सहभागिता सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ । 

एक स्थायी कमिटी सदस्यका अनुसार केन्द्रीय कमिटीमा १५ सदस्यीय पदाधिकारी रहनेछ । पोलिट्ब्युरो कमिटी हटाइने छ भने जिल्ला कमिटी पनि नरहने प्रस्ताव गरिएको छ । 

ती नेताका अनुसार संघीय निर्वाचन क्षेत्रीय कमिटी १६५ वटा, प्रदेश निर्वाचन क्षेत्रीय कमिटी ३३० वटा हुनेछन् । पालिका कमिटी पनि निर्माण गरिने छ । यी कमिटीहरू कार्यकारी अधिकारसहितका कमिटी हुनेछन् । प्रस्ताव अनुसार जिल्ला कमिटीलाई विस्थापित गरी जिल्ला समन्वय समिति बनाइनेछ । जसले संघीय र प्रदेश निर्वाचन क्षेत्रीय कमिटी तथा पालिका कमिटीहरूलाई समन्वय गर्नेछ तर, कार्यकारी अधिकार भने हुने छैन । 

स्थायी कमिटीबाट पारित भएको विधान संशोधन प्रस्ताव अहिले केन्द्रीय कमिटी बैठकमा छलफल भइरहेको छ । केन्द्रीय कमिटीबाट पारित भएपछि साे प्रस्ताव छलफलका लागि मातहतका कमिटीमा पठाइने एक नेताले बताए । 

salt training

कमेन्ट गर्नुहोस्