०२ असार २०८३, मंगलबार

विनाशको बाटोमा छ पृथ्वी, आईपीसीसीको नयाँ प्रतिवेदनले दियो चेतावनी

साउन २५, २०७८
विनाशको बाटोमा छ पृथ्वी, आईपीसीसीको नयाँ प्रतिवेदनले दियो चेतावनी

जलवायु परिवर्तनका कारण पृथ्वी विनाशको स्थितिमा पुगेको जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी)ले सोमवार एक प्रतिवेदन सार्वजनिक गर्दै चेतावनी दिएको छ । 

आईपीसीसीले हरितगृह ग्यासको उत्सर्जन नघटाइएमा सन् २१०० सम्म पृथ्वीको तापक्रम २ डिग्रीसम्म बढ्ने चेतावनी दिएको हो । 

अहिले जलवायुमा भइरहेका परिवर्तन हजारौं वर्षमा पहिलोपटक देखिएको हो । यसले गर्दा समुद्रको जलस्तर बढिरहेको छ । यसले ल्याउने असरलाई अर्को हजार वर्षसम्म पनि परिवर्तन गर्न सकिँदैन । 

आईपीसीसी वर्किङ ग्रुप वनको रिपोर्ट क्लाइमेट चेन्ज २०२१ ः द फिजिकल साइन्स बेसिसका अनुसार, कार्बनडाइअक्साइड तथा अन्य हरितगृह ग्यासको उत्सर्जन घटाएमा जलवायु परिवर्तनलाई रोक्न सकिन्छ । 

विश्व तापक्रम स्थिर हुन २० देखि ३० वर्ष लाग्छ । 

४२ पृष्ठ लामो दस्तावेजले नीतिनिर्माताहरूलाई सारसंक्षेपमा अपनाउनुपर्ने नीतिको दिग्दर्शन गरेको हो । आगामी केही महिनामा यस्तै किसिमका अन्य विभिन्न प्रतिवेदनहरू सार्वजनिक गरिनेछन् । 

आईपीसीसीको प्रतिवेदनले मानवतालाई कोड रेडको चेतावनी दिएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रतिक्रिया दिए ।

विगत पाँच वर्ष सन् १८५० मा अभिलेख राख्न थालिएबाटै सबभन्दा गर्मी वर्ष भए ।  

विश्व तापक्रम १.५ डिग्री सेल्सियसले बढ्दा तराई क्षेत्रमा बस्नै नसकिने गरी गर्मी हुने र आगलागीका घटना बढ्ने स्थिति आउँछ । यसले बाढीपहिरो पनि निम्त्याउँछ । 

हिमालय क्षेत्रमा हिमनदीहरू द्रुत गतिमा विलीन हुँदै गएका छन् र अहिलेकै स्तरमा उत्सर्जन गरिरहने हो भने हिमनदी लोप भएर यस क्षेत्रका मानिसले पिउने पानी नै नपाउने स्थिति आउन सक्छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्