०४ साउन २०८३, सोमबार

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
फाइल फोटो

सरकारले कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ ।

निजामतीसहित विभिन्न सरकारी सेवाका कर्मचारी, शिक्षक, सुरक्षाकर्मी लगायतको नयाँ तलबमान साउन १ गतेदेखिबाट​ लागू हुनेगरी स्वीकृत गर्ने निर्णय सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

पूर्ववर्ती सरकारले बजेटमार्फत कर्मचारीहरूको तलब मासिक २ हजारका दरले वृद्धि गरेको थियो ।

बजेटमार्फत वृद्धि गरिएको तलबलाई लागू गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो ।

साथै बैठकले माथिल्लो त्रिशूली ए जलविद्युत आयोजनालाई जग्गा प्राप्तिको स्वीकृति पनि दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्