
दाङको ग्वार खोलाले बगाउँदा सोमवार आमाछोराको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनी निवासी ३५ वर्षीया अमृता घर्ती र उनका २ वर्षीय छोरा रुद्र घर्तीे रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
दिउँसो २ बजेतिर सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर दुवै जनाको मृत्यु भएको छ ।
उनीहरूको शव २ किलोमिटर तल भेटिएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।