१० साउन २०८३, आइतबार

अर्थमन्त्री शर्माले मुलुकको आर्थिक अवस्थाबारे स्वेतपत्र सार्वजनिक गर्दै

अर्थमन्त्री शर्माले मुलुकको आर्थिक अवस्थाबारे स्वेतपत्र सार्वजनिक गर्दै
फाइल तस्वीर

अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभामा वर्तमान आर्थिक अवस्थाबारे स्वेतपत्र प्रस्तुत गर्दैछन् । 

अर्थमन्त्री शर्माले मन्त्रीमा नियुक्ती भएपश्चात नै स्वेतपत्र सार्वजनिक गर्ने घोषणा गरेका थिए । 

यसका लागि अर्थमन्त्रालयले करिब ३ सातादेखि तयारी गरिरहेको थियो ।

देशका आर्थिक सूचकांकहरुलाई जस्ताको तस्तै देखाउने गरी ‘वर्तमान आर्थिक अवस्थाको यथार्थपत्र’ जारी गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

उनले अहिले केही बेरमा प्रतिनिधि सभामा स्वेतपत्र सार्वजनिक गर्ने छन् । 

अहिले प्रतिनिधि सभा बैठक जारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्