१५ असार २०८३, सोमबार

उच्च अदालत पाटनले १० लाख रूपैयाँ बराबरको पुस्तकहरू कैदीबन्दीलाई वितरण गर्दै

उच्च अदालत पाटनले १० लाख रूपैयाँ बराबरको पुस्तकहरू कैदीबन्दीलाई वितरण गर्दै

उच्च अदालत पाटनले १० लाख रूपैयाँ बराबरको पुस्तकहरू कैदीबन्दीलाई पढ्नका लागि आज वितरण गर्ने भएको छ । 

उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंहका अनुसार आज नख्खु कारागारमा करीब १८ सय पुस्तक हस्तान्तरण गर्न लागिएको हो । 

उच्च अदालत पाटन, ललितपुरका कार्यालय सहयोगीदेखि न्यायाधीशसम्मले आफ्नो तलबबाट आर्थिक सहयोग जुटाएर १० लाख रूपैयाँ बराबरको पुस्तक वितरण गर्न लागिएको हो । 

नेपाली, अंग्रेजी भाषामा लेखिएका इतिहास, भूगोल, संस्कृतिलगायत विभिन्न विषयका पुस्तकहरू वितरण गर्न लागिएको हो । 

कारागारमा रहेका कैदीबन्दीहरूले ती पुस्तक पढ्न पाउन् भन्ने सोचेर उच्च अदालत पाटनले उक्त काम गर्न लागेको हो।  
 

salt training

कमेन्ट गर्नुहोस्