२६ जेठ २०८३, मंगलबार

देउवालाई ओलीको प्रश्न : एमसीसी गर्नुभएको थियो तपाईंहरूले, बिर्सिनुभो क्या हो ?

देउवालाई ओलीको प्रश्न : एमसीसी गर्नुभएको थियो तपाईंहरूले, बिर्सिनुभो क्या हो ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अमेरिकी सहयोगको एमसीसी परियोजनाबारे सरकारको जवाफ खोजेका छन् ।

मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे धारणा सार्वजनिक गर्नुपर्ने बताए ।

‘एमसीसी गर्नुभएको थियो तपाईंहरूले । एमसीसीबारे साझा न्युनतम कार्यक्रममा केही छैन । एमसीसी बिर्सिनुभो क्या हो ? मैले त देखिनँ कतै,’ ओलीले भने, ‘जनताले जान्न चाहेका छन् – के गर्नुहुन्छ एमसीसी ? तपाईंको बहुमतको सबल जत्थाले के भन्न ? एमसीसी पास गर्ने कि फेल गर्ने ?’

संयुक्त सरकारको साझा न्युनतम कार्यक्रममा कांग्रेसको अनुहार नदेखिएको ओलीले बताए । ‘नेपाली कांग्रेसको अनुहार कहीँकतै पनि छैन । नीतिमा छैन, कार्यक्रममा छैन । केहीमा पनि छैन,’ ओलीले भने ।

अध्यक्ष ओलीले सत्तापक्षले बाहिरबाट धम्क्याउने र गोलाबारी गर्ने गरेको आरोप लगाए । अध्यक्ष ओलीले भने, ‘आज त सत्तापक्षले बाहिरबाट धम्क्याउने र गोलाबारी गर्ने गरेको छ, संवादहीनताको अवस्था छ । सत्तापक्ष ‘ठेगान लगाइदिन्छौं’ भन्ने उन्मादमा छ ।’

सरकार भनेको निरन्तरताको कुरा भएकाले अघिल्लो सरकारले गरेका राम्रा काम अगाडि बढाउन अध्यक्ष ओलीले आग्रह गरे । उनले भने, ‘अघिल्लो सरकारले गरेका राम्रा कुरा अगाडि बढाउनुपर्छ । कुनै सहमति गरेको छ भने पछाडि आउने सरकारले अगाडि बढाउनुपर्छ, ती उपलब्धिलाई कदर गर्नुपर्छ । बाँकी रहेकालाई कार्यान्वयन गर्नुपर्छ । त्यतापट्टि ध्यानाकर्षण गराउन चाहन्छु ।’

salt training

कमेन्ट गर्नुहोस्