१९ असार २०८३, शुक्रबार
प्रतिनिधि सभामा प्रतिपक्षी दलका नेताको सम्वोधन

प्रधानमन्त्रीलाई ओलीको प्रश्न- लिम्पियाधुरा फिर्ता ल्याउँछु भन्न किन डराउँछ सरकार ?

प्रधानमन्त्रीलाई ओलीको प्रश्न- लिम्पियाधुरा फिर्ता ल्याउँछु भन्न किन डराउँछ सरकार ?

नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूमि फिर्ता ल्याउने विषयमा सरकारको नीति तथा कार्यक्रम मौन रहेको आरोप लगाएका छन् । 

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर ओलीले लिम्पियाधुरा र लिपुलेकलाई समस्या भनिएकोमा आपत्ति जनाएका हुन् । 

‘लिम्पियाधुरा लिपुलेक र कालापानी समस्या होइन पवित्र भूमि हो, फिर्ता लिनुस् । छाड्ने अधिकार छैन सरकारलाई,’ ओलीले भने, ‘फिर्ता लिन सक्नु भएन भने डेढ वर्ष पर्खिनुस् हामी छौँ । लिम्पियाधुरा फिर्ता ल्याउँछु भन्न किन सक्दैन सरकार । वार्ता गरेर फिर्ता ल्याउँछु भन्नुस् न !’

ओलीले सीमा विवाद छिमेकीसँगको कूटनीतिक पहलबाट टुंगाइने भन्ने सरकारको साझा कार्यक्रमप्रति लक्षित गर्दै भने, ‘कति साह्रो डराएको यो सरकार ? जिब्रो पनि रगत आइसकेको होला चपाउँदा चपाउँदा !’ 

ओलीले सम्बोधन गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा संसद्मा उपस्थित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्