×

NMB BANK
NIC ASIA

ओलीको प्रश्न : यो सरकार परमादेशबाट ल्याउनुभएको होइन ? परमादेश संघर्ष हो ?

साउन २६, २०७८

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले वर्तमान सरकार कुनै संघर्षबाट नआएको दाबी गरेका छन् ।

Muktinath Bank

मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई लोकतान्त्रिक भन्न नसकिने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अलोकतान्त्रिक विधिबाट आएको सरकार हो यो । यो सरकार लोकतान्त्रिक भन्न सकिँदैन, संवैधानिक भन्न सकिँदैन,’ उनले भने, ‘आउने बित्तिकै पहिल्यै भूमिहीन सुकुम्बासीमाथि बन्चरो चलायो, कसको सरकार भन्ने कुरा यसबाट देखिँदैन ?’


Advertisment
Nabil box
Kumari

संयुक्त सरकारको साझा न्युनतम कार्यक्रममा संघर्षबाट प्राप्त सरकार भनेर उल्लेख गरिएकोप्रति ओलीको आपत्ति जनाए । ‘तपाईंले यो सरकार कुनै संघर्षको मैदानबाट ल्याउनुभएको हो ? परमादेशबाट ल्याउनुभएको होइन ? परमादेश संघर्ष हो ? जाली मुद्दाबाट सरकार ल्याउने, त्यहाँबाट भन्ने संघर्ष,’ ओलीले भने ।

Vianet communication

अध्यक्ष ओलीले नेकपा माओवादीको लडाकु शिविरभित्र भएको भनिएको भ्रष्टाचारको कुरा संसदमै उप्काएका छन् । उनले गठबन्धन सरकारले शिविरको भ्रष्टाचारको छिनोफानो गर्नुपर्ने बताए ।

‘भ्रष्टाचारका थुप्रै कुरा उठ्या छन् । क्यान्टोनमेन्ट (माओवादी लडाकु शिविर) को यत्रो कुरा उठेको छ, यसपल्ट पक्कै पनि यत्रो गठबन्धनको सरकारले यस कुराको छिनोफानो गरेर नेपाली जनतालाई जवाफ दिनेछ,’ ओलीले भने, ‘ललिता निवास पनि गर्छ होला । मातातीर्थको पनि गर्छ होला । अरु विभिन्न ।’

अध्यक्ष ओलीले अमेरिकी सहयोगको एमसीसी परियोजनाबारे सरकारको जवाफ खोजेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे धारणा सार्वजनिक गर्नुपर्ने बताए ।

‘एमसीसी गर्नुभएको थियो तपाईंहरूले । एमसीसीबारे साझा न्युनतम कार्यक्रममा केही छैन । एमसीसी बिर्सिनुभो क्या हो ? मैले त देखिनँ कतै,’ ओलीले भने, ‘जनताले जान्न चाहेका छन् – के गर्नुहुन्छ एमसीसी ? तपाईंको बहुमतको सबल जत्थाले के भन्न ? एमसीसी पास गर्ने कि फेल गर्ने ?’

संयुक्त सरकारको साझा न्युनतम कार्यक्रममा कांग्रेसको अनुहार नदेखिएको ओलीले बताए । ‘नेपाली कांग्रेसको अनुहार कहीँकतै पनि छैन । नीतिमा छैन, कार्यक्रममा छैन । केहीमा पनि छैन,’ ओलीले भने ।

अध्यक्ष ओलीले सत्तापक्षले बाहिरबाट धम्क्याउने र गोलाबारी गर्ने गरेको आरोप लगाए । अध्यक्ष ओलीले भने, ‘आज त सत्तापक्षले बाहिरबाट धम्क्याउने र गोलाबारी गर्ने गरेको छ, संवादहीनताको अवस्था छ । सत्तापक्ष ‘ठेगान लगाइदिन्छौं’ भन्ने उन्मादमा छ ।’

सरकार भनेको निरन्तरताको कुरा भएकाले अघिल्लो सरकारले गरेका राम्रा काम अगाडि बढाउन अध्यक्ष ओलीले आग्रह गरे । उनले भने, ‘अघिल्लो सरकारले गरेका राम्रा कुरा अगाडि बढाउनुपर्छ । कुनै सहमति गरेको छ भने पछाडि आउने सरकारले अगाडि बढाउनुपर्छ, ती उपलब्धिलाई कदर गर्नुपर्छ । बाँकी रहेकालाई कार्यान्वयन गर्नुपर्छ । त्यतापट्टि ध्यानाकर्षण गराउन चाहन्छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x