२१ असार २०८३, आइतबार

राज कुन्द्रा पक्राउपछि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा देखिँदै शिल्पा

साउन २६, २०७८
राज कुन्द्रा पक्राउपछि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा देखिँदै शिल्पा

बलिउड नायिका शिल्पा सेट्टीका पति राज कुन्द्रा अश्लील चलचित्र बनाएको आरोपमा न्यायिक हिरासतमा छन् । 

राज कुन्द्राको गिरफ्तारीपछि शिल्पा सेट्टी र उनका परिवारलाई लगातार ट्रोल गरिएको छ । 

यसैबीच राज पक्राउपछि पहिलो पटक शिल्पा सार्वजनिक कार्यक्रममा देखिने भएकी छन् । 

हिन्दूस्तान टाइम्सका अनुसार शिल्पा १५ अगस्टमा ‘वी फर इन्डिया’मार्फत फेसबुकमा लाइभ हुनेछिन् । यो क्याम्पेनमा अर्जुन कपूर, विद्या बालन, दिया मिर्जा, करण जोहर, परिणिती चोपडा, सैफ अलि खान, सारा अलि खान, स्टिभन स्पिलवर्ग संगीतकार ए आर रहमान, रोलिङ स्टोन्सका मिक जैगरलगायत सहभागी छन् । 

राज पक्राउपछि शिल्पा डान्स रियालिटी शो ‘सुपर डान्सर’ मा पनि देखिएकी छैनन् । 

‘वी फर इन्डिया’ अभियानले कोभिड–१९ राहतका लागि सहयोग जुटाउने छ । जसबाट अक्सिजन कन्सन्ट्रेटर्स, भेन्टिलेटर, आवश्यक औषधि, आईसीयू युनिट लगायत सुविधा प्रदान गरिने छ । 

salt training

कमेन्ट गर्नुहोस्