१० साउन २०८३, आइतबार

सबै गाउँपालिकामा दुई महिनाभित्र बैंक पुर्याउन संसदीय समितिको निर्देशन

कात्तिक २०, २०७४
सबै गाउँपालिकामा दुई महिनाभित्र बैंक पुर्याउन संसदीय समितिको निर्देशन

काठमाडौं २९ जेठ– व्यबस्थापिका संसद्को विकास समितिले हरेक स्थानीय तहमा एउटा बैंकको स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ ।

संसद् सचिवाल सिंहदरवारमा सोमवार बसेको समिति बैठकले दुइ महिना भित्रमा सबै स्थानीय निकायमा बैंक खोल्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिइएको समिति सभापति रवीन्द्र अधिकारीले जानकारी दिए ।

‘स्थानीय तहको कामकारवाहीलाई थप प्रभावकारी बनाउन तथा स्थानीय तहको आर्थिक क्रियाकलापलाई व्यवस्थित गर्न हरेक स्थानीय तहमा कम्तिमा एउटा बैंकको स्थापना हुनु जरुरी देखिएकाले आगामी २ महिनाभित्र सो कार्य गर्न गराउन समिति नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र वैंकलाई निर्देश गर्दछ’ समितिको निर्देशनमा भनिएको छ । सभापति अधिकारीले ७ सय ४४ स्थानीय तहमध्ये झण्डै ४ सय तहमा कुनै पनि बैंक छैनन् । सरकारले आगामी बर्षमा सबै गाउँपालिकामा राष्ट्रिय बाणिज्य बैंकको शाखा खोल्ने नीति बजेट मार्फत सार्वजनिक गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्