२९ जेठ २०८३, शुक्रबार

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फूटबल टोली पोखरामा

साउन २६, २०७८
बन्द प्रशिक्षणका लागि राष्ट्रिय फूटबल टोली पोखरामा
प्रतिकात्मक तस्वीर

नेपाली राष्ट्रिय पुरुष फूटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा आएको छ । 

राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियलसहितको टोली मंगलवार साँझ हवाईमार्गबाट पोखरा आएको हो ।

बुधवारदेखि २ हप्ता पोखराको अन्तर्राष्ट्रिय फूटबल रंगशालामा बन्द प्रशिक्षण सञ्चालन हुनेछ ।

नेपाली टोली दक्षिण एसियाली फूटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसीपको तयारीमा छ । आगामी अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा सो प्रतियोगिता हुने तय भएको छ ।

टोलीलाई पोखरा विमानस्थलमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, जिल्ला फूटबल संघका अध्यक्ष मिलन गुरुङ लगायतले स्वागत गरेका थिए ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३७ खेलाडीको सहभागिता रहने छन् । 

टोलीको प्रशिक्षणलाई लक्ष्य गरी कास्की जिल्ला फूटबल संघले रंगशालामा आवश्यक सबै तयारी पूरा गरिएको छ । फूटबल रंगशालामा दुवो कटान, मैदान मार्किङ लगायतका काम सम्पन्न गरिएको जिल्ला फूटबल संघका अध्यक्ष गुरुङले जानकारी दिए ।

टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी लगायतका अन्य प्रशिक्षकले प्रशिक्षण गराउने छन् ।

salt training

कमेन्ट गर्नुहोस्