१९ असार २०८३, शुक्रबार

बाहुबलीका हिरो प्रभास कहाँ हराए ? यस्तो खुलासा

कात्तिक २०, २०७४
बाहुबलीका हिरो प्रभास कहाँ हराए ? यस्तो खुलासा
बाहुबलीका चर्चित अभिनेता प्रभास बाहुबली २ को सफतासँगै टेलिभिजन, सामाजिक सञ्जालबाट टाढा भएका छन् । उनको फिल्म हिट भएको छ तर उनी भने टिभिका पर्दाहरुमा देखिएका छैनन् ।

उनको विहेको समाचार केही दिनअघि निकै चर्चामा थियो तर त्यसबारे उनको आधिकारिक धारण भने फेला पार्न फ्यानहरुले सकेनन् ।

बाहुबली चर्चामा रहेकै बेला प्रभास केही समय देखि टेलिभिजन, सामाजिक सञ्जाल आदीका देखिएका छैनन् । आखिर उनी कहाँ गए त ?

बाहुबली सिरिजमा करिब चार वर्ष व्यस्त बनेका प्रभास फिल्मको सफलतासँगै अमेरिका गएका हुन् ।
यतिखेर विदा मनाउनका लागि अमेरिकामा आफ्ना साथीभाइसँग रहेका छन् ।

उनको फिल्म बाहुबली–२ ले भारतीय फिल्म उद्योगका सम्पूर्ण रेकर्डहरु तोडेको थियो ।

एक महिना भन्दा लामो अमेरिका बसाइमा उनले के गरे भन्ने कुनै जानकारी बाहिर आएको छैन । अमेरिका पुगेसँगै उनले सामाजिक सञ्जालहरुमा समेत तस्वीरहरु पोस्ट गरेका छैनन् ।

आखिर के गरे त प्रभासले अमेरिकामा ? स्रोतको दाबी गर्दै भारतीय सञ्चारमाध्यमहरुले भने उनले अमेरिकामा नयाँ फिल्मको स्क्रिप्ट अध्ययन गरिरहेको बताएको छ । उनले प्रेम कथामा आधारित हिन्दी फिल्मको स्क्रिप्ट पढिरहेको दाबी भारतीय सञ्चार माध्यमले जनाएका छन् । तर यसबारे प्रभावसले भने केही बताएका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्