२४ जेठ २०८३, आइतबार

सात किलो सुनसहित गाडी चालक पक्राउ

कात्तिक २०, २०७४
सात किलो सुनसहित गाडी चालक पक्राउ
काठमाडौं, १४ पुस–सात किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कलंकीबाट गाडी चालक कुन्साङ लामालाई सात किलो सुनसहित कलंकीबाट पक्राउ गरेको हो ।

केरुङ नाकाबाट रसुवाको गल्छी हुँदै बा ८ च ७४२० नम्बरको गाडीमा अवैध रुपमा ल्याइदै गरेको सुन प्रहरीले फेला पारेको हो ।

सिन्धुपाल्चोक लिस्तीका ३० वर्षीय लामाले सुन गाडीको फिल्टरमा लुकाएर ल्याएको अवस्थामा वरामद भएको प्रहरीले जनाएको छ । 

चालक लामाबाट प्राप्त भएको सुन कानुनी कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्