२९ जेठ २०८३, शुक्रबार

प्रशिक्षक अलमुताइरीबाट गल्ती भयो- पूर्वप्रवक्ता राई

साउन २६, २०७८
प्रशिक्षक अलमुताइरीबाट गल्ती भयो- पूर्वप्रवक्ता राई
फाइल तस्बिर

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वप्रवक्ता किरण राईले फुटबलको पछिल्लो विवादमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबाट गल्ती हुन पुगेको आरोप लगाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित छानबिन समितिसमक्ष आज बयान दिँदै पूर्वप्रवक्ता राईले सामान्य विषयमा समेत प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत एन्फा वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङलाई आक्षेप लगाएर गल्ती गरेको बताए । एन्फामार्फत नै समाधान गर्नुपर्ने विषयमा प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालका माध्यमबाट आरोप लगाउने कार्य उचित नभएको उनको भनाइ थियो । प्रशिक्षक अलमुताइरी अनुशासनको दायराबाट बाहिर गएको राईले आरोप लगाए ।
उजुरीपछि एन्फाले छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई गुहारेको हो । मन्त्रालयले सो घटनाको छानबिन गर्न राखेपलाई निर्देशन दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्