२५ जेठ २०८३, सोमबार

जीवन विकास लघुवित्तसहित ३ कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट

जीवन विकास लघुवित्तसहित ३ कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट

बुधवार शेयर बजारमा निरन्तर वृद्धि भइरहेको छ ।

 अहिलेसम्म रुरु जलविद्युत परियोजना लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । 

यी कम्पनीहरूको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

कारोबारमा आएका २ सय २३ कम्पनीको १ करोड ५० लाख ६८ हजार १८ कित्ता शेयर ८ अर्ब ८२ करोड ४ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छ । 

समाचार तयार पार्दासम्म नेप्से परिसूचक २.२६ अंकले बढेको र ३ हजार १ सय ६३.९१ विन्दुमा पुगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्