२२ जेठ २०८३, शुक्रबार

केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा खुम्चिँदै ठूलो दल, अब २ वटा प्रदेशमा मात्र एमालेको सरकार

केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा खुम्चिँदै ठूलो दल, अब २ वटा प्रदेशमा मात्र एमालेको सरकार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि नेकपा एमाले नेतृत्वको प्रदेश सरकारको संख्या २ मा झरेको छ ।

संघीय संसद् र ७ मध्ये ६ वटा प्रदेश सभाको सबैभन्दा ठूलो दल एमाले केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा खुम्चिन पुगेको छ ।

सर्वोच्च अदालतले गत फागुन २३ एमाले र माओवादी केन्द्रबीचको एकतालाई बदर गरिदिँदा संघ र ४ वटा प्रदेशमा एमाले नेतृत्वको सरकार थियो ।

त्यसको ५ महिना पछाडि आइपुग्दा बाग्मती र प्रदेश १ मा मात्र एमाले नेतृत्वको सरकार बाँकी छ ।

दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएसँगै संघमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको छ ।

गण्डकी प्रदेशमा एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेर कांग्रेसका कृष्णचन्द्र पोखरेल नेपाली मुख्यमन्त्री बनेका छन् ।

लुम्बिनीमा पोखरेलले राजीनामा दिएपछि माओवादी केन्द्रका कुलप्रसाद केसी सोनामको नेतृत्वमा सरकार गठन गर्ने विपक्षी गठबन्धनको तयारी छ ।

पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा छलफल गर्न प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको अवस्थामा त्यसअगावै उनले राजीनामा दिएका हुन् ।

भावी मुख्यमन्त्रीका रूपमा हेरिएका केसी पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री थिए ।

salt training

कमेन्ट गर्नुहोस्