१५ असार २०८३, सोमबार

पीएसजीमा बसेर च्याम्पियन्स लीग जित्ने मेसीको धोको

साउन २७, २०७८
पीएसजीमा बसेर च्याम्पियन्स लीग जित्ने मेसीको धोको

लियोनल मेसीले पेरिस सेन्ट–जर्मेन क्लबबाट च्याम्यिन्स लीग जित्ने सपना देखेको बताएका छन् । 

बार्सिलोनामा रहँदा उनले चारपटक च्याम्पियन्स लीग जितेका थिए । 

पीएसजी चाहिँ च्याम्पियन्स लीगको फाइनलमा सन् २०२० मा पुगेको भए पनि बायर्न म्युनिखसँग हार्न पुगेको थियो । 

‘पुनः एकपटक च्याम्पियन्स लीग जित्नु मेरो लक्ष्य र सपना हो,’ मेसीले पीएसजीको खेलाडीका रूपमा सार्वजनिक हुने क्रममा बताए । 

१३ वर्षको उमेरमा बार्सिलोना क्लबमा आएका मेसीले उक्त क्लबका लागि ७७८ खेलमा कीर्तिमान ६७२ गोल गरेका छन् । 

‘यति लामो समय एउटै क्लबमा बसेको मेरा लागि यो कठिन परिवर्त हो,’ उनले पार्क देस प्रिन्सेसमा पत्रकारहरूलाई बताए । 

‘तर यहाँ आएको क्षणदेखि म खुशी अनुभव गरिरहेको छु र ट्रेनिङ सेसनमा सहभागी हुन चाहन्छु । मसँग खेलको भोक छ । म अधैर्य छु । म अझै पनि जित्न चाहन्छु ।’

‘यो क्लब सबै ट्रफीहरू जित्नका लागि प्रतिस्पर्धा गर्न तयार छ । मेरो लक्ष्य पनि खेलाडीका रूपमा विकसित भइरहने अनि उपाधिहरू जितिरहने हो । त्यसैले म यो क्लबमा आएको हुँ ।’

salt training

कमेन्ट गर्नुहोस्