
उपराष्ट्रपति कार्यालयको अधिकृत हुँ भनेर ठगी गर्ने एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।
डोटी केआईसिंह गाउँपालिका–६ का २६ वर्षीय किशोर÷केशव भनिने केशवराज भट्टलाई पक्राउ गरेको हो ।
महाशाखाको टोलीले कलंकी स्युचाटारबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।
भट्ट २०७५ चैत २६ मा साइबर क्राइम र ठगी मुद्दामा पक्राउ परेर एक वर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् ।