१२ साउन २०८३, मंगलबार

आइएमई लाइफले भुक्तानी गर्‍यो घातक रोग बीमा बापतको २५ लाख दावी रकम

आइएमई लाइफले भुक्तानी गर्‍यो घातक रोग बीमा बापतको २५ लाख दावी रकम

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइएमई धन सरिता (वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोगको रक्षावरण समेत हुने गरी २५ लाख रुपैंया बराबरको बीमा गरेका  हिमाल पौडेललाई उक्त रकम भुक्तानी गरेको छ ।

लिमिटेडको प्रदेश नं. ३, हेटौडा शाखा कार्यालयबाट २०७६ माघ २९ गते आइएमई धन सरिता (वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोगको रक्षावरण समेत हुने गरी बीमाङ्क रकम २५ लाख रुपैंया बराबरको बीमा गरेका पौडेललाई कम्पनीले उक्त रकम भुक्तानी गरेको हो ।

बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरू विरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याएको छ  ।

कम्पनीले दाबी भुक्तानी प्रकृया सहज बनाई छिटो तथा प्रभावकारी ढंगबाट दावी भुक्तानी फछ्र्यौट गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिए । 

उनले दाबी भुक्तानी समयमा नै हुँदा बीमित तथा आश्रित परिवारहरुलाई बीमा वापतको लाभ समयमा उपलब्ध हुने, आर्थिक स्तरमा समेत थप सहयोग हुने र जीवन बीमा प्रति थप भरोसा रहने बताए ।

निवेदन प्राप्त भएको १५ दिन भित्र कम्पनीले उक्त दाबी भुक्तानी गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्