
नेपाली काँग्रेसको १४औँ महाधिवेशन केन्द्रित केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ । बैठकमा महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यताको अनुमोदनलगायतका मुख्य विषयमा छलफल केन्द्रित हुनेछ । बैठकमा पेस गरिने विषयको एकीकृत धारणा तय गर्न सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा नेताहरूको बुधबार रातिसम्म बैठक बसेको थियो ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा. शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू डा. मीनेन्द्र रिजाल, रमेश लेखकलगायतका नेताहरू सहभागी थिए । गोरखापत्रमा खबर छ ।