
आज विभिन्न नदीहरूमा पानीको सतह बढ्ने मौसम विभागले जनाएको छ ।
विभागका अनुसार कोशी, कर्णाली र यसका सहायक नदीहरु; कन्काई, कमला, बागमती, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई लगायतमा बहाव बढ्ने सम्भावना रहेको छ ।
यसका साथै नारायणी, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान गरिएको विभागले जनाएको छ।