
जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिमा नयाँ ध्रुवीकरण गर्न आह्वान गरेका छन् ।
बिहीवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले टाउकोको ओखती नाइटोमा लगाएर नहुने बताए ।
भट्टराईले लेखेका छन्, ‘टाउकोको ओखती नाइटोमा लगाएर हुन्न । अहिले सबै पार्टीमा देखिएको संकट लामो राजनीतिक परिवर्तन र संक्रमणपछि नयाँ युगको आवश्यकता अनुरूप पार्टीको विचार, नीति, कार्यक्रमको विकास, संगठनको रूपान्तरण र नेतृत्वको पुस्तान्तरण नहुनुको अभिव्यक्ति हो । अतः टालटुल होइन, आमूल रूपान्तरण र नयाँ ध्रुवीकरण गरौं ।’
टाउकोको ओखति नाइटामा लगाएर हुन्न ।ऐले सबै पार्टीमा देखिएको संकट लामो राजनीतिक परिवर्तन र संक्रमणपछि नयॅा युगको आवश्यकता अनुरूप पार्टीको विचार/नीति/कार्यक्रमको विकास,संगठनको रूपान्तरण र नेतृत्वको पुस्तान्तरण नहुनुको अभिव्यक्ति हो।अत:टालटुल हैन आमूल रूपान्तरण र नयाॅ ध्रुवीकरण गरौं!
— Baburam Bhattarai (@brb1954) August 12, 2021