काठमाडौं, २९ जेठ — वि.सं.२०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण धेरै नेपालीको रोजगारी तथा गाँसबासमा असर परेको अवस्थामा सरकारले तोकेबमोजिम पीडितलाई ट्याक्सी नम्बर उपलब्ध गराउन माग गरेको हो ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संस्थाका संरक्षक दीपककुमार राउत क्षेत्रीले भूकम्पले अत्यधिक क्षति पु¥याएको १४ जिल्लाका पीडित ट्याक्सी चालकलाई ट्याक्सी दर्ता प्रक्रियाको आधारमा जिल्ला विभाजन गरी चिट्ठा खोल्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।
उनले पीडितले फारम भर्नका लागि समेत अनेक कष्ट व्यहोर्नु परेको र आर्थिक व्ययभार बढेको जानकारी दिए । सो कार्यका लागि झन्डै एक लाख ५० हजारको आवेदन परेको थियो ।
उक्त संस्थाले भूकम्प पीडितको लागि वितरण गर्ने भनिएकोे ट्याक्सि नम्बर तोकिएको समयमै वितरण गर्नुपर्ने भन्दै ९ बुँदे माग अघि सारेको हो । उनीहरुले अघि सारेका माँगहरुमा दरखास्त बमोजिम प्रत्येक जिल्लाको प्रतिशत विभाजित गरि चिट्ठा प्रक्रिया अघि बढाउँनु पर्ने, चिट्ठा प्रणाली अन्तर्गतको सफ्टवेयर बनाउँदा सुचिकृत आईटी कम्पनिको दरभाउ पत्रको शिलबन्धी कोटेशन माग गरि स्वच्छ प्रतिस्पर्धा बनाई प्रक्रिया अघि बढाउनुपर्ने लगायतका रहेका छन् ।
कार्यक्रममा प्रेस विज्ञप्ती वाचन गर्दै संस्थाका अध्यक्ष रामकुमार राउतले भूकम्प पीडितका मागहरू सम्बोधन गर्नको लागि सरकार असफल भएको आरोप लगाए । उनले भने,‘भूकप्प गएको दुई वर्ष पुरा भईसक्यो तर भूकम्पबाट प्रताडीत जनता अझैँ पालमुनिको वासमा जिन्दगी विताईरहेका छन्।’