१६ असार २०८३, मंगलबार

गगन थापाको प्रश्न : साँझ ८ बजेपछि काठमाडौंमा संक्रमण बढ्ने र बिहान घट्ने अध्ययन कहाँ भयो ?

गगन थापाको प्रश्न : साँझ ८ बजेपछि काठमाडौंमा संक्रमण बढ्ने र बिहान घट्ने अध्ययन कहाँ भयो ?

नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौंमा साँझ ८ बजेपछि कोरोना संक्रमण बढ्ने र बिहान घट्ने अध्ययन कहाँ भयो भनेर प्रश्न गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले साँझ ८ बजेपछि यातायात सञ्चालनमा कडाइ गरेपछि सांसद थापाले बिहीवारको प्रतिनिधिसभा बैठकमा प्रश्न गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रश्न गर्दै सांसद थापाले भने, ‘साँझ काठमाडौंमा संक्रमण बढ्दै जाने, त्योभन्दा बिहान संक्रमण घट्दै जाने । यो वैज्ञानिक प्रमाण, तथ्य, अध्ययन कहाँ भएको हो ? जान्न चाहन्छु ।’

सांसद थापाले कोरोनाको तेस्रो लहर शुरू भएको तथ्य, परीक्षा हलबाट कोरोना फैलिने खतराबारे समेत प्रश्न गरेका छन् । 

थापाले सोधे, ‘सरकारले खोपका लागि गरेको काम प्रशंसनीय छ तर व्यवस्थापन किन यतिधेरै कमजोर ? तेस्रो लहर भनिँदैछ तर यो दोस्रो लहर कहिले सकिएको हो ? तेस्रो लहर भन्ने कुराको प्रामाणिक अध्ययन के हो ? तेस्रो लहरमा बालबच्चालाई खतरा हुन्छ भनेर स्वास्थ्य मन्त्रालय भन्छ, स्वास्थ्य मन्त्रालय कुन अध्ययनको आधारमा भन्दैछ ? कतै परीक्षा रोकिएको छ, कतै परीक्षा पछाडि सारिएको छ, खोप दिएर परीक्षा गर्ने भनिएको छ, परीक्षार्थीहरू परीक्षा दिन अहिले हलमा बस्नुपर्ने अवस्था छ, कोभिड पोजेटिभ भएका विद्यार्थीहरू हलमा बसेर परीक्षा दिइरहेको बेलामा यो घटनाको कारणले गर्दा संक्रमण फैलियो भने यसको जिम्मेवारी कसले लिन्छ ? हामी आईसीयूको, भेन्टिलेटरको संख्या गनिराख्छौं तर के सघन उपचारका निम्ति आईसीयू र भेन्टिलेटरले मात्रै पुग्छ ? जनशक्तिको तयारी के छ ? हाम्रो मन्त्रालयले कति जनशक्ति थप्दैछ ?’

salt training

कमेन्ट गर्नुहोस्