२३ जेठ २०८३, शनिबार

नर्सको पारिश्रमिक अधिकृत स्तरको बनाउन कांग्रेस सांसदको माग

नर्सको पारिश्रमिक अधिकृत स्तरको बनाउन कांग्रेस सांसदको माग
प्रतिकात्मक तस्वीर

नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले दक्ष जनशक्तिलाई पलायन हुन नदिन नर्सको तलब वृद्धि गर्नुपर्ने बताएका छन् ।

बीएन गरेका नर्सलाई अधिकृत स्तरको तलब र स्टाफ नर्सलाई नायब सुब्बा सरहको पारिश्रमिकको व्यवस्था गर्न उनको सुझाव छ ।

बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा स्वास्थ्य राज्यमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सांसद विश्वकर्माले क्षमतावान नर्सहरू अत्यन्त कम पारिश्रमिकमा काम गरिरहेको भन्दै पारिश्रमिक बढाउन माग गरे ।

कोरोना महामारी नियन्त्रण र खोपको विषयमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले संसदलाई जानकारी गराएका छन् । सरकारले चैत्र अन्तिमसम्ममा सबै नेपालीलाई नागरिकलाई खोप लगाउने बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्