२२ जेठ २०८३, शुक्रबार

चीनमा बाढी आएपछि हजारौं कारको सत्यानाश

साउन २८, २०७८
चीनमा बाढी आएपछि हजारौं कारको सत्यानाश

चीनको चङचोमा अघिल्लो महिना आएको विनाशकारी बाढीका कारण हजारौं कारहरू नष्ट भएका छन् । 

हेनान प्रान्तमा आएको प्राकृतिक विपतलाई कारहरूको भग्नावशेषले स्मरण गराइरहेका छन् । 

विगत एक दशकको सबभन्दा खतरनाक बाढीपछि उक्त क्षेत्रमा पुनर्निर्माणको काम चलिरहेको छ । त्यस बाढीमा परी ३०० भन्दा बढीको ज्यान गएको थियो भने हजारौं कार र भवनहरू क्षतिग्रस्त भएका थिए । 

‘जलस्तर बढेपछि हामीले आफ्ना वाहन छोडेर भाग्न बाध्य हुनुपरेको थियो,’ वाङ थर भएका एक स्थानीयले बताए । 

कम्तीमा २ लाख ३८ हजार गाडीहरूमा क्षति पुगेको र तिनलाई गाडीको कब्रिस्तान लगिएको हेनानका बीमा नियामक मा चाओले बताए । 

चङचोमा एक वर्ष बराबरको पानी जम्मा तीन दिनमा परेपछि सबवे स्टेसन, अन्डरग्राउन्ड कार पार्क र सुरुङमा फसेका सयौं मानिसको ज्यान गएको थियो । 

बाढीका कारण हजारौं कार र भवन क्षतिग्रस्त भएपछि १.७ अर्ब डलर बराबरको बीमा दाबी गरिएको बीमा कम्पनी गोल्डम्यान स्याक्सले जुलाई महिनामा प्रकाशित एक प्रतिवेदनमा उल्लेख गरेको छ । 

गत साता स्थानीय सरकारले बाढीका कारण २०.६५ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको र शीघ्र क्षतिपूर्ति दिने बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्