जेठ ४, २०७९
काठमाडौंको टोखा नगपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी विजयी भएका छन् । तीव्र प्रतिश्पर्धात्मक प्रतिष्पर्धामा कांग्रेसकी रजनी थापालाई १ सय ७४ मतान्तरले पराजित गर्दै अधिकारी विजयी भए । अधिकार...
काठमाडाैं | साउन २८, २०७८
सुनसरीको दुहबीमा संचालित श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः संचालनमा ल्याइने भएको छ ।
काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल र बसन्त चौधरी फाउण्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी करिब साढे ३ वर्षदेखि बन्दप्राय रहेको सो अस्पताललाई स्तरोन्नति गर्दै पुनः संचालनमा ल्याउने भएका हुन् ।
बन्द हुनु अघिसम्म १५ शैया क्षमतामा संचालनमा रहेको अस्पतालको स्तरोन्नति गरी ५० शैया बनाइनेछ । सो च्यारिटी अस्पताल नवीनतम प्रविधि र मेडिकल उपकरणले सुसज्जित हुनेछ ।
सो अस्पताललाई नर्भिकले दक्ष जनशक्तिको साथै विशेषज्ञ सेवा समेत उपलब्ध गराउनेछ ।
अस्पतालको सम्पूर्ण प्राविधिक पक्ष नर्भिकले हेर्नेछ भने आर्थिक सहयोग बसन्त चौधरी फाउण्डेसनले जुटाउनेछ ।
नर्भिक इन्टरनेशनल हस्पिटलका संरक्षक बसन्त चौधरीले दुहबीको सो अस्पतालमा नर्भिकको प्रविधि, जनशक्ति तथा अनुभव समेत प्रयोग गरी पूर्वी नेपालका सर्वसाधारणलाई न्यून दरमा स्वास्थ्य सेवा उपलब्ध गराइने योजना रहेको बताए ।
‘हामीले सो अस्पताललाई पुनर्जीवन दिनका लागि ३ करोड रुपैयाँ बराबरको लगानी पूर्वाधार विकासमा गर्नेछौं,’ अध्यक्ष चौधरीले भने–‘२ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराउनेछौँ ।’
करिब ८ हजार वर्गफिटको नयाँ संरचनासहित मुटुरोग/प्रसूति सेवा लगायतका शल्यक्रियाका लागि अत्याधुनिक अप्रेसन थिएटर, अत्याधुनिक उपकरणजडित आइसियू लगायतका संरचना निर्माण गरी अस्पताल पुनः संचालन हुनेछ । सो अस्पतालमा डायलासिस सेवा समेत उपलब्ध हुनेछ । अस्पतालमा २४ सै घण्टा स्तरीय आकस्मिक सेवा समेत उपलब्ध हुनेछ ।
अस्पतालमा ७५ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।
आगामी बैशाख १ गते पर्ने नर्भिक अस्पतालको स्थापना दिवसको अवसर पारेर सो च्यारिटी अस्पतालको सम्पूर्ण सेवाको सुरुवात हुनेछ ।
चौधरीका पितामाताको नाममा स्थापित सो अस्पतालको शिलान्यास २०५२ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए।
तत्कालीन गाविसले च्यारिटी अस्पताल चलाउनका लागि १० कठ्ठा जग्गा उपलब्ध गराएको थियो भने अस्पताल निर्माणमा लाग्ने सबै खर्च चौधरीले व्यहोरेका थिए।
सो बेला समेत दुहबी–विराटनगर औद्योगिक करिडरमा २०० बढी उद्योगहरु संचालनमा रहेका थिए। कुनै औद्योगिक दुर्घटना हुँदा वा उद्योगमा काम गर्ने कुनै मजदूर वा श्रमिक अचानक बिरामी पर्दा उपचार गर्न विराटनगर नै पुग्नुपर्ने बाध्यता थियो। त्यस्तो बाध्यता अन्तको उद्देश्यले त्यसबेला च्यारिटी अस्पताल स्थापना गरिएको थियो ।
स्मरणरहोस्, नर्भिकले यसै वर्षदेखि सुनसरीको दुहबीमै १०० शैयाको अत्याधुनिक छुट्टै अस्पतालनको निर्माण कार्य समेत सुरु गर्ने यसअघि नै घोषणा भइसकेको छ ।
काठमाडौंको टोखा नगपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी विजयी भएका छन् । तीव्र प्रतिश्पर्धात्मक प्रतिष्पर्धामा कांग्रेसकी रजनी थापालाई १ सय ७४ मतान्तरले पराजित गर्दै अधिकारी विजयी भए । अधिकार...
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको गृहनगर नगराईनमा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ । लोसपाका बुलन यादव ७४९ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनले काँग्रेसका देवनारायण यादवलाई ८ मत...
स्थानीय तह निर्वाचनमा तराजु चुनाव चिह्न भएको विवेकशील साझा पार्टीका उम्मेदवार विजयी भएका छन् । बाराको फेटा गाउँपालिका वडा नं ६ को अध्यक्षमा विवेकशील साझा पार्टीका मौलाना मिरहमजा ठकुराइ आफ्नो टिम सहित विजयी भ...
हुम्लाको दक्षिण भेगमा रहेको चङ्खेली गाउँपालिका–२ को महादेव माविको मतदान केन्द्रमा बुधबार पुनः मतदान हुने भएको छ । गत शुक्रबार स्थगित भएको निर्वाचन बुधबार हुने मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जा...
ललितपुरको कोटेश्वर-ग्वार्को सडकमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मंगलवार बेलुका साढे ९ बजे कोटेश्वरबाट ग्वार्कोतर्फ गइरहेको बागमती प्रदेश ०२–०२३ प ०४९१ नम्बरको मोटरसाइकल...
विवादास्पद धर्मगुरु सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले उल्टाइदिएको छ । मंगलवार उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...