×

रुसमा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ८ जनाको मृत्यु

साउन २८, २०७८

रुसको सुदूरपूर्वमा रहेको कामचात्का प्रायद्वीपमा १६ जना व्यक्ति सवार हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा आठजना मारिएका छन् । 

हेलिकप्टर दुर्घटनामा पर्नेबित्तिकै एक प्राकृतिक आरक्षका कर्मचारीहरू घटनास्थल अर्थात् तालमा द्रुत गतिको डुंगा चढेर तत्कालै पुगेका थिए । बाँचेका आठजना तालमा पौडी खेलेर किनारमा पुगेका हुन् । 


Advertisment

बाँचेकामध्ये दुईजनालाई नराम्ररी चोटपटक लागेको बताइएको छ । तालमा ५ डिग्री सेल्सियसभन्दा कम तापक्रम भएकाले उनीहरू लामो समय बाँच्ने सम्भावना न्यून थियो । 


Advertisment

डुबिरहेको हेलिकप्टरको पछिल्तिर रहेको लगेज राख्ने ढोकाबाट यात्रुहरू भागेको उक्त क्षेत्रका गभर्नरले सरकारी टेलिभिजनलाई बताए । 

‘मृत्यु भएका मानिस कुर्लिस्कोए तालको पिँधमा पुगेको हुनुपर्छ,’ इन्टरफ्याक्स समाचार संस्थाले एक स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै खबर दियो । 

बाक्लो कुहिरोले ढाकेको तालमा गोताखोरहरू प्रवेश गरेको सरकारी टीभीमा देखिएको थियो । हेलिकप्टरको भग्नावशेष भएको ठाउँ निकै गहिरो भएकाले उनीहरू त्यहाँसम्म पुग्न नसकेको कामचात्काका गभर्नरले बताए । 

तालमा बाक्लो कुहिरो भएकैले हेलिकप्टर चालकले जमीन भन्ठानेर पानीको सतहमा अवतरण गरेको हुनसक्ने प्रहरीका एक स्रोतलाई उद्धृत गर्दै तास समाचार संस्थाले खबर दियो । 
 

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x