२८ असार २०८३, आइतबार

राप्रपाका साहलाई पिछडावर्गको समर्थन

कात्तिक २०, २०७४
राप्रपाका साहलाई पिछडावर्गको समर्थन


विराटनगर, २९ जेठ - दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा राप्रपाबाट विराटनगर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार प्रह्लाद साहलाई नेपाल पिछडा वर्ग महासङ्घ (ओविसी)ले समर्थन गरेको छ ।RPP-logo

सो महासङ्घका मोरङ अध्यक्ष जयप्रकाश महतोले आज विराटनगरमा पत्रकार सम्मेलन गरी साहले विराटनगर महानगरपालिकाको विकासलगायत पिछडा वर्गको हकहितका लागि कार्य गर्ने प्रतिबद्धता देखाएकाले उहाँलाई समर्थन गरिएको बताउनुभयो ।

विराटनगर महानगरपालिकालाई नशामुक्त समाजमा परिणत गर्ने, विराटनगरलाई ग्रिन सिटी बनाउनेलगायत २५ सुत्रीय मागलाई समर्थन गरिएको हुँदा साहलाई समर्थन गरिएको अध्यक्ष महतोले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्