२७ जेठ २०८३, बुधबार

पार्टीको १४औं महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउँदै कांग्रेस

पार्टीको १४औं महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउँदै कांग्रेस

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउने भएको छ । 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीवारदेखि शुरू भएको छ । 

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा शुरू भएको बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिले निर्माण गर्ने गरी प्रस्ताव पेश गरेका र केन्द्रीय कार्यसमिति सदस्यको सुझाव बमोजिम १४औं महाधिवेशनको परिवर्तित कार्यतालिका आउने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

बिहीवारको बैठकमा महामन्त्री खड्काले केन्द्रीय निर्वाचन समितिले पारित गरेर पठाएको निर्वाचन निर्देशिका प्रस्तुत गरेका र निर्देशिकाबारे छलफल गरी प्राप्त हुने राय, सुझाव बमोजिम बैठक सकिँदा निर्देशिका पारित गरिने पनि प्रवक्ता शर्माले बताए ।

उनले भने, ‘बैठकमा केन्द्रीय कार्यसमितिले कार्यतालिका निर्माण गर्ने गरी, कार्यतालिका कहिले शुरू गर्दा उचित हुन्छ भन्ने सन्दर्भमा बैठकमा प्रस्ताव प्रस्तुत भएको छ । केन्द्रीय कार्यसमिति सदस्यको सुझाव बमोजिम १४औं महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउनेछौं ।’

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको तर्फबाट विवरण राखेका तथा समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समायोजन समितिले गरेका कामको विषय राखेका पनि उनले जानकारी दिए ।

कांग्रेसको केन्द्रीय कमिटी बैठकमा सरकार सञ्चालन, कोरोना महामारी नियन्त्रणको सम्बन्धमा पनि छलफल हुने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्