२५ जेठ २०८३, सोमबार

आजको मौसम–देशभर बदली, केही स्थानमा भारी वर्षा

आजको मौसम–देशभर बदली, केही स्थानमा भारी वर्षा

हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका शुक्रबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, बागमती प्रदेश र गण्डकी  प्रदेशका केही स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। यस्तै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  यस्तै  प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश  थोरै स्थानहरुमा र गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका  केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्