०८ असार २०८३, सोमबार

इन्डोनेसियामा महिला सैनिकहरूको कुमारित्व परीक्षण बन्द

साउन २९, २०७८
इन्डोनेसियामा महिला सैनिकहरूको कुमारित्व परीक्षण बन्द

इन्डोनेसियामा महिला सैनिकहरूको कुमारित्व परीक्षण गर्ने गरिएकोमा त्यसलाई बन्द गरिएको छ । 

महिला सैनिकले विगतमा यौनसम्पर्क गरेको पाइएमा संगठनको बेइज्जत हुने भन्दै सेनाले अवैज्ञानिक दुईऔंले परीक्षणलाई प्रतिरक्षा गर्दै आएको थियो । 

यस विभेदकारी तथा ज्यादतीपूर्ण परीक्षणलाई अन्त्य गरेकोमा महिलाविरुद्धको हिंसासम्बन्धी राष्ट्रिय आयोगले स्वागत गरेको छ । तर यो अभ्यास साँच्चिकै बन्द भएको विषयमा आफूहरूलाई प्रमाण उपलब्ध गराउनुपर्ने पनि आयोगले बताएको छ । 

सेनाप्रमुद अण्डिका पेरकासाले कुमारित्व परीक्षण दशकौंदेखि गरिँदै आएको भए पनि त्यसलाई यसै वर्षको शुरूतिर हटाइएको बताए तर कुनै मिति तोकेनन् । 

पुरुष सैनिकका प्रेमिकाहरूलाई पनि यस्तो परीक्षण गर्ने गरिएकोमा त्यसलाई त्यागिएको उनले बताए ।

इन्डोनेसियाको महिला अधिकार सम्बन्धी कोमनास पेरेमपुआन संगठनले सेनालाई यस्तो प्रतिबद्धता लिखित नियमावलीका रूपमा राख्न आग्रह गरेको छ । अनि वायुसेना र जलसेनालाई पनि त्यसै गर्न उसले भनेको छ । 

ह्युमन राइट्स वाचले पनि यो परीक्षण विभेदकारी भएको बताउँदै यसलाई हटाउने कदमको स्वागत गरेको छ । 

विश्व स्वास्थ्य संगठनले यो प्रक्रियाको वैज्ञानिक आधार नरहेको र विगतमा महिलाले यौनसम्पर्क गरेको हो कि हैन भन्ने कुराको विश्वसनीय संकेत यसबाट नपाइने बताएको छ । 

चेन्ज डट् ओआरजीमा यस परीक्षणको अन्त्यका लागि ७० हजार हस्ताक्षरहरू जम्मा गरिसकिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्