०५ असार २०८३, शुक्रबार

दुई लाख ३ हजार लागतमा बनेको नागमूर्ति अनावरणसहित विधिपूर्वक पूजा

दुई लाख ३ हजार लागतमा बनेको नागमूर्ति अनावरणसहित विधिपूर्वक पूजा

नागपञ्चमीका अवसरमा पोखरा–१७ म्युजियममार्गमा सामूहिकरूपमा नागको पूजा आराधना गरिएको छ ।

 धार्मिक विधिपूर्वक नागथानमा पूजा गरेपछि मात्र घरका मूलढोकामा नागको चित्र टाँसी पूजा गर्ने प्रचलन छ ।

घरको मूलढोकामा नागको चित्र टाँस गरी पूजा गर्नाले प्राकृतिक प्रकोप नपर्ने, लक्ष्मीको बास हुने हुँदा रोग व्यादीले दुःख नदिने खेतीपाती राम्रो हुने जनविश्वासका साथ परम्परादेखि नागको पूजा गरिँदै आएको नागथान निर्माण समितिका अध्यक्ष चेतनदान शर्माले जानकारी दिए ।

उनका अनुसार सो स्थानमा शिवलिङ्गसहित पाँच शिर भएका नागको मूर्ति निर्माण गरी पाँच दिनसम्म धार्मिक विधिपूर्वक पूजापाठ गरी प्राणप्रतिष्ठा गरिएको नाग मूर्तिको आज अनावरण गरिएको हो ।

नागथान निर्माण तथा नागमूर्ति स्थापनाका लागि विभिन्न सङ्घसंस्था एवं व्यक्तिको स्वतस्फूर्त सहयोगबाट रु तीन लाख ५४ हजार ४०४ सङ्कलन भएको जनाउँदै उनले उक्त निर्माणका लागि रु दुई लाख तीन हजार ११५ खर्च भएको स्पष्ट पारे ।

नागथान निर्माणका लागि पाँच हजारभन्दा माथि आर्थिक सहयोग गर्ने सङ्घसंस्था र व्यक्ति गरी ३१ जना रहेका छन्

बाँकी रहेको रकमबाट नियमित नागको पूजा गर्नुका साथै सो स्थानको सरसफाइमा विशेष ध्यान दिइने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्