२२ जेठ २०८३, शुक्रबार

लघुवित्तलाई पनि मर्जरमा प्रोत्साहन, क्रस होल्डिङ भएकाहरू २०७९ भित्रै गाभिनुपर्ने

लघुवित्तलाई पनि मर्जरमा प्रोत्साहन, क्रस होल्डिङ भएकाहरू २०७९ भित्रै गाभिनुपर्ने

नेपाल राष्ट्र बैं‌कले लघुवित्त वित्तीय संस्थाहरूलाई पनि मर्जरमा जान प्रोत्साहन गर्ने भएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंक तथा वित्त कम्पनीको क्रस होल्डिङ भएका लघुवित्तहरूलाई २०७९ भित्र एकआपसमा गाभिनुपर्ने व्यवस्था गरिएको उल्लेख छ ।

हेर्नुहोस्, लघुवित्तसम्बन्धी व्यवस्था :

– थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच समेत एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत भएमा खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्ने व्यवस्था गरिनेछ ।

– वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (Cross Holding) भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने व्यवस्था गरिनेछ ।

– बचत तथा ऋण सम्बन्धी कारोबार गर्ने सहकारी संस्था बाहेकका अन्य विषयगत सहकारी संस्थाका समूह सदस्य मार्फत सामूहिक खेती तथा पशु/पन्छीपालन गर्ने प्रयोजनको लागि प्रति सदस्य रु. ५ लाख ननाघ्ने गरी त्यस्ता सहकारी संस्थाहरुलाई वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था मिलाइने छ ।

– लघुवित्त वित्तीय संस्थाहरुले वाणिज्य बैंकको वित्तीय प्रतिनिधिको रुपमा कार्य गर्न सक्ने सम्बन्धमा आवश्यक अध्ययन गरिनेछ ।

– राष्ट्रिय स्तरका लघुवित्त वित्तीय संस्थाहरूले नेपाल वित्तीय प्रतिवेदन मान बमोजिम वित्तीय विवरण प्रकाशन गर्नु पर्ने व्यवस्था लागू गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्