
सर्वोच्च अदालतमा रौतहट बम विस्फोटको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको छ ।
न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा शुक्रवार सुनुवाइका लागि पेशी तोकिएको भए पनि न्यायाधीश रेग्मीले मुद्दाका सुनुवाई गर्न नमिल्ने भएपछि सुनुवाइ सरेको हो ।
सर्वोच्च अदालतमा प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश रेग्मीले त्यसैसँग सम्बन्धित रिट निवेदनमा अवहेलना मुद्दामा आदेश गरेकाले मुद्दाको सुनुवाइमा हेर्न मिलेन ।
रौतहत जिल्ला अदालतको थुनामा रहेका आलमले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो । निवेदनमा आलमलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ ।
जिल्ला, उच्च अदालत हुँदै मुद्दा सर्वोच्च आएको हो ।