०४ असार २०८३, बिहीबार

चण्डेश्वरीदेखि गोसाईंस्थानसम्म पर्यटकीय पदमार्ग निर्माण शुरू

साउन ३०, २०७८
चण्डेश्वरीदेखि गोसाईंस्थानसम्म पर्यटकीय पदमार्ग निर्माण शुरू
प्रतिकात्मक तस्वीर

काभ्रेपलाञ्चोकको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि गोसाईंस्थानसम्मको पर्यटकीय पदमार्ग निर्माणको काम शुरू गरिएको छ । 

बनेपा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नम्बर ५ को चण्डेश्वरी मन्दिरदेखि वडा नम्बर ६ को गोसाईंस्थानस्थित महादेव मन्दिरसम्म पर्यटकीय पदमार्गको लागि नगरपालिका र शहरी विकास मन्त्रालयको गरी करीब ५ करोड रुपैयाँ आर्थिक सहयोगमा सिँढी निर्माण शुरू भएको हो ।

सिँढी निर्माणको लागि बनेपा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा विनियोजन गरेको १ करोड ३७ लाखमा ठेक्का आह्वान गरी अहिले सिँढी निर्माण भइरहेको वडा नम्बर ५ का वडाध्यक्ष बलराम अधिकारीले बताए ।

‘नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत विभिन्न आयोजनामध्येको सो सिँढी गत वर्षदेखि नै प्रयत्न गरिएकोमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन गरी यस वर्ष ठेक्का आह्वान भएर काम अगाडि बढेको हो,’ वडाध्यक्ष अधिकारीले भने, ‘यो पदमार्ग (सिँढी) निर्माण भएपछि पर्यटकीय गन्तव्य बन्नेछ ।’

वडा नम्बर ५ को चण्डेश्वरी मन्दिर छेउबाट शुरू भएर वडा नम्बर ६ को गोसाईंस्थान मन्दिरसम्म पुग्ने सिँढी १ हजार ६०० निर्माण हुने उनले बताए ।

८ मिटरको चौडाइमा निर्माण कार्य थालनी भएको सिँढीको लागि शहरी विकास मन्त्रालयबाट समेत ३ करोड ५० लाख बजेट विनियोजन भइसकेको कारण बाँकी काम पनि छिट्टै हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्