
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले किशोरकिशोरीका लागि कोरोना विरुद्धको मोडर्ना खोप प्राप्त गर्ने क्रममा रहेका बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै मन्त्री श्रेष्ठले दक्षिण एसियामै गाभीबाट लागत सहभागितामा खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक रहेको बताए ।
श्रेष्ठले लेखेका छन्, ‘सबैथरी परीक्षार्थीलाई खोप लगाउन गृहकार्य गरिरहेका छौं । किशोरकिशोरीका लागि मोडर्ना खोप प्राप्त गर्ने क्रममा रहेका छौं । दक्षिण एसियामै गाभीबाट लागत सहभागितामा खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक हो ।’
सबैथरी परीक्षार्थीलाई खोप लगाउन गृहकार्य गरिरहेका छौँ । किशोरकिशोरीका लागि मोडर्ना खोप प्राप्त गर्ने क्रममा रहेका छौं । दक्षिण एसियामै गाभिबाट लागत सहभागितामा खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक हो ।
— Umesh Shrestha (@MohpStateMin) August 14, 2021