२५ जेठ २०८३, सोमबार

२२ आमन्त्रित केन्द्रीय सदस्यको राजीनामा : कांग्रेस प्रवक्ता भन्छन्- छलफलपछि माग सम्बाेधन गरिनेछ

२२ आमन्त्रित केन्द्रीय सदस्यको राजीनामा : कांग्रेस प्रवक्ता भन्छन्- छलफलपछि माग सम्बाेधन गरिनेछ
फाइल तस्वीर।

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छन् । उनीहरूले शुक्रवार केन्द्रीय कार्यसमिति बैठकमा राजीनामा दिएका हुन् । 

सो विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘आमन्त्रित सदस्यहरूले अन्य केन्द्रीय सदस्य सरहको अधिकार माग गर्नुभएको छ,’ उनले भने, ‘काममा समान छौँ भने अधिकारमा पनि समान हुनुपर्छ भन्ने माग हो उहाँहरूको । यो विषयलाई आवश्यक छलफलपछि सम्बोधन गरिनेछ ।’

आमन्त्रित केन्द्रीय सदस्यहरूले केन्द्रीय समितिमा मतदान गर्नुपर्ने भए त्यसमा भाग लिन पाउँदैनन् । 

महाधिवेशनको निर्वाचन कार्यतालिकाबारे निर्णय लिन कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बूढानीलकण्ठमा जारी छ । भदौ १६ मा तोकिएको महाधिवेशन निर्धारित मितिमा नहुने भएपछि कार्यतालिका परिमार्जनका लागि बैठक बसेको हो । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको निर्वाचन निर्देशिकामाथि पनि छलफल भइरहेको छ ।  

बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् । सम्भवतः आज बैठक सकिने नभए थप एक दिन लम्बिन सक्ने प्रवक्ता शर्माको भनाइ छ । 

बैठकमा केन्द्रीय सदस्यहरूले अफगानिस्तानमा नेपालीहरूको अवस्था र उद्धार गर्नुपर्ने भए उद्धार गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै पूर्व गोरखा सैनिकहरूले बेलायतमा गरेको अनशन, ईपीएस परीक्षा पास गरेर र छुट्टीमा आएकाहरू पनि जान नपाएको अवस्था रहेकाले त्यस्तो अवस्थामा मार्गप्रशस्त गर्न पनि ध्यानाकर्षण गराएका छन् । 

यस्तै विद्यार्थीहरूलाई चाँडोभन्दा चाँडो खोप दिनुपर्ने पनि उनीहरूले धारणा राखेका छन् । 

‘कक्षा १२ को परीक्षा स्थगित भयो, अन्य परीक्षा चलिरहेका छन्, परीक्षाका कारण कसैको पनि सुरक्षाको कुरा अप्ठ्यारो नपरोस् भन्ने हो र  विद्यार्थीहरूलाई चाँडोभन्दा चाँडो खोप दिनुपर्छ भनेर साथीहरूले धारणा राखेका छन् ।’

salt training

कमेन्ट गर्नुहोस्